नेता सुरेन्द्र पाण्डे

काठमाडौं, ८ चैत–नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्।

शनिबार फेसबुकमार्फत पाण्डेले एमाले पहिलेकै लयमा अझै शक्तिशाली भएर उदाउने त्यसका लागि इतिहासको ब्याजमा नभई भविष्यको लगानीमा ध्यान दिनुपर्ने बताएका हुन्।

‘अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ,’ उनले भनेका छन्।

‍पाण्डेले पहिलो काम विज्ञतामा आधारित राजनीति गर्नुपर्ने बताए।

‘अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्यापु तयार गर्नुपर्छ,’ उनले भनेका छन्।

दोस्रो, डिजिटल मेरिटोक्रेसी।

नेता पाण्डेले व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।

‘त्यसका लागि आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्कु लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्,’ उनले भनेका छन्।

तेस्रो, संरचित पुस्तान्तरण।

पाण्डेले पार्टीभित्र को(लिडरसिप र मेन्टरसिपको मोडेल सुरू गर्नुपर्ने पनि बताएका छन्।

‘नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को(लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ,’ उनले भनेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *