दमक, ९ चैत–इलाम क्षेत्र नं १ का संघीय सांसद निस्कल राईले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गर्नुभएको छ।
बहुदल आएयता २०४८ सालदेखि २०७९ सम्मका सबै निर्वाचनमा इलाम–१ बाट अविछिन्न उम्मेदवार बन्नुभएका खनाल ७ पटक चुनाव लड्दा २०५६ र २०७९ सालको आमनिर्वाचनबाहेक ५ पटक यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।

२०४८, २०५१, २०५६ र २०७४ को आम निर्वाचनसँगै २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा एमालेको सूर्य चिन्हबाट चुनाव लड्नुभएका खनाल २०७९ मा कांग्रेस र माआवादी केन्द्रको समर्थनमा बनेको गठबन्धनबाट आफ्नै पार्टी (एकीकृत समाजवादी) को कलम चिन्ह लिएर उम्मेदवार बन्दा एमालेका महेश बस्नेतसँग पराजित हुनुभयो ।

त्यसअघि २०५६ को आमनिर्वाचनमा कांग्रेसका बेनुपराज प्रसाईसँग पराजित हुनुभएका उहाँले बाँकी ५ वटा निर्वाचन जित्नुभएको थियो । खनाल यसपटक उम्मेदवार बन्नुभएन।

इलामको धरातलबाट निरन्तर केन्द्रीय राजनीतिको केन्द्रबिन्दुमा रहनुभएका खनालसँग भेटेर अनुभव सुन्ने अवसर मिलेको सांसद राईको भनाई छ । इलामका अग्रज राजनीतिज्ञहरूसँग भेटेर अनुभव सुन्ने तथा आफ्ना नयाँ योजनालाई सुनाउने तयारीमा सांसद राईलाई देखिएको छ।

गएको आम निर्वाचनमा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङलाई ९ सय ११ मतान्तरले हराउँदै नेपाली कांग्रेसका ३५ बर्षीय उम्मेदवार राई सांसद पदमा निर्वाचित हुनुभएको थियो।

हाल उहाँ मतदाता तथा नेता कार्यकर्ता भेटघाटमा व्यस्त देखिनुभएको छ । नेपाली कांग्रेसले उहाँलाई संसदीय दलको नेता तथा प्रमुख सचेतक चयन गर्ने विषयमा उहाँको थप चर्चा चुलिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *