काठमाडौँ, ९ चैत–हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल देखिएको छ।
सोमबार दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, साथै बाँकी पहाडी र हिमाली भु-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति देशको पहाडी र हिमाली भू(भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, साथै बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

