काठमाडौं, ९ चैत–एफसी महिला एसियन कपको उपाधि जापानले जितेको छ।

सिड्नीको स्टेडियम अष्ट्रेलियामा शनिबार सम्पन्न फाइनलमा जापानले आयोजक अष्ट्रेलियालाई १–० ले पराजित गर्दै तेस्रो पटक एसियन च्याम्पियनको उपाधि जितेको छ।

खेलको १७औं मिनेटमा २१ वर्षीया जापानी स्ट्राइकर माइका हामानोले पेनाल्टी एरिया बाहिरबाट गरेको स्ट्राइक नै खेलको निर्णायक गोल बन्यो।

जापानले अष्ट्रेलियालाई फाइनलमा १–० ले हराएको यो तेस्रो पटक हो। यसअघि सन् २०१४ र २०१८ को फाइनलमा पनि जापानले अष्ट्रेलियालाई १–० कै अन्तरले पराजित गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *