दमक, १० चैत–झापाको शिवसताक्षी नगरपालिकामा यहि चैत १६ गतेदेखि २२ गतेसम्म शिबसताक्षी मेयर कप सञ्चालन हुने भएको छ । नगरभित्र नयाँ खेलाडीहरु उत्पादन गर्ने र उनीहरुलाई खेलकुदमा अग्रसरता गराउँने उदेश्यले नगर मेयर कप सञ्चालन गरिने भएको हो ।

निगर खेलकुद विकास समितिले आयोजना गर्ने सो मेयर कप प्रतियोगिताका बारेमा आज ब्याङ्डाँडास्थित शिबसताक्षी नगरपालिकाकाो कार्यालयमा पत्रकार सम्मेलन गरेको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईको अध्यक्षताम र नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहम्फेको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।

अध्यक्ष रिङ्गालुङका अनुसार पाँच बिद्यासहितका खेलकुदहरु हुने प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाको कार्यालयले यसवर्ष रु ११ लाख बजेट छुट्टयाइएको र त्यसै बजेटले मेयर कप सम्पन्न हुनेछ । अध्यक्ष रिङ्गालुङले शिबसताक्षी नगरपालिकामा मेयर कप बर्षेनी आयोजना गरिदैं आएको र यसवर्ष पनि मेयर कप सम्पन्न गरिन लागिएको बताए ।

यही चैत १६ गतेदेखि शुरु हुने मेयर कपमा समावेश गरिएका खेलकुदका प्रतियोगितालाई अलग अलग स्थानमा आयोजना गरिएको अध्यक्ष रिङ्गालुङले जानकारी गराए ।

पत्रकार सम्मेलनमा अध्यक्ष रिङ्गालुङ राईका अनुसार मेयर कपमा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट र कराँते खेलहरु सञ्चालन हुने छन् ।

रिङ्गालुङले फुटबल र भलिबल दुधे रंगशालामा हुने, क्रिकेटतर्फको खेल शिबगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालयको खेल मैदानमा, ब्याडमिन्टन खेललाई झिलझिलेस्थित कवर्ड हलमा सम्पन्न गरिने र कराँते खेलहरु दुधे कवर्ड हलमा हुने छ । मेयर कपमा समावेश गरिएका विद्यागत खेलहरु सम्पन्न गर्न संयोजक तोकिएको बताए ।

मेयर कपमा फुटबलतर्फ बिजेताले रु ७५ हजार र उपबिजेताले रु ४५ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने छन । त्यस्तै भलिबलतर्फ बिजेताले रु ४० हजार र, उपबिजेताले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

क्रिकेटतर्फ बिजेताले रु ५० हजार र, उपबिजेताले रु ३१ हजार र भलिबलतर्फ विजेताले रु ४० हजार उपविजेताले रु २५ हजारसहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् ।

मेयर कपमा व्याडमिन्टतर्फ सिंगल र डबल, खेलहरु हुने संयोजक सुमन राईले जानकारी दिए । ब्याडमिन्टन प्रतियोगिताका आवश्यक तयारी, खेल सामाग्रीहरु, रेफ्री र प्राविधिकहरुसंग छलफल भइरहेको संयोजक राईले बताए ।

त्यसैगरी, मेयर कप अन्तर्गत कराँते प्रतियोगितातर्फ पशुपती माबोलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । माबो कराँत खेलका पूर्व खेलाडी तथा हाल कराँतका वरिष्ठ प्रशिक्षक हुन् ।

पत्रकार सम्मेलनमा नगरपालिाकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत छबि ढकाललेसमेत मेयर कपका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा फुटबल खेलका रेफ्री नरवीर (भाग्य) फागोले टाइसिटसहित आवश्यक नियम र प्रावधानका बारेमा जानकारी गराएका थिए । सो क्रममा नगर खेलकुक विकास समितिका अध्यक्ष रिङ्गालुङले मेयर कप सम्पन्न गर्न नगरका सवै बुद्धिजीबिहरु, पुर्व खेलाडीहरु, दाजुभाई, दिदीबहिनीहरु, जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरु, व्यवसायीहरु, कर्मचारीहरुले सकारात्मक साथ सहयोगको आशा र अपेक्षा गरेका छन् ।

अध्यक्ष रिङ्गालुङले शिबसताक्षी नगरमा खेलकुदको विकासमा क्रियाशिल रहेको बताए । उनले नगरपालिकाको अभिभाकत्व जिम्मेवारीसहित नगर खेलकुद विकास समितिको संम्वन्यमा नगरका प्रतिभाशाली खेलाडीहरुलाई राष्ट्रियस्तरका खेल र टोलीमा समावेश गरिएको र आगामी दिनहरुमासमेत नयाँ प्रतिभाशाली खेलाडीहरुलाई उचित स्थानमा जोड्न पहल गर्ने बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *