दमक, १२ चैत–दमक थुलुङ डेन्टल क्लिनिकले बुधबार दमकमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दमक–६ बेलडाँगी रोडस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको भवनमा दमक थुलुङ डेन्टल क्लिनिकले निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

दमक थुलुङ डेन्टल क्लिनिकका सञ्चालिका वरिष्ठ दन्त स्वास्थ्य रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङसहित नर्स तथा प्राविधिकहरुले शिविरमा सेवा तथा परामर्श उपलब्ध गराएका थिए । सो शिविरमा ४५ जनाले दन्त समस्या, मुख तथा गिजाको समस्याका बारेमा लाभ लिएका थिए ।

शिविरमा दन्त परिक्षणमा आउने सेवाग्राहीहरुलाई दमक थुलुङ डेन्टल क्लिनिकको तर्फबाट निःशुल्क ब्रस तथा कोलगेट प्रदान गरिएको थियो ।

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १७औं स्थापना दिवसको अवसरमा दन्त स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । दन्त स्वास्थ्य शिविरसंगै स्वर्णलक्ष्मी साकोसले बिहान वृहत खुल्ला रक्तदान तथा आँखा शिविरसमेत आयोजना गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *