पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, १६ चैत–तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिबारे अनुसन्धान अगाडि बढाइएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाइएको छ। सोही पत्रका आधारमा आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन्।

तीन पूर्वप्रधानमन्त्रीबारे सिआइबीले थप टिप्पणी गर्न अस्वीकार गरे पनि गृह स्रोतका अनुसार विभागको पत्राचारपछि सीआईबीले उनीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवाको निवासमा नगद भेटिएको विषय सार्वजनिक भएको थियो। त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो ।

यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले देउवाको घर भत्काउने कार्य रोक्न निर्देशन दिएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *