काठमाडौँ, १५ चैत–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

आज आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन म्याद थप गर्ने आदेश दिएको जिल्ला अदालत स्रोत दिपक कुमार श्रेष्ठले जानकारी दिएका हुन् । सरकारी वकिलको माग अनुसार उनीहरूलाई थुनामा राखेर अनुसन्धान अघि बढाइनेछ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा दमन भएको थियो। जाँचबुझका लागि गठित आयोगले उक्त आन्दोलनमा भएको दमनबारे कारबाही अघि बढाउन ओली–लेखकलाई फौजदारी मुद्दामा सिफारिस गरेको थियो। सिफारिसअनुसार जरुरी पक्राउ पुर्जी जारी गरी शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको थियो।

अदालतमा लेखक आफैं उपस्थित भए भने ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *