कानेपोखरी, २२ चैत–मोटरसाइकलले साईकलमा सवार वृद्धलाई ठक्कर दिँदा मोरङको कानेपोखरीमा एक वृद्धको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा कानेपोखरीका ६३ बर्षिय नरेश काफ्ले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार अपराह्न ४ स्१५ बजेतिर रंगेली तर्फबाट रमाइलोतर्फ आईरहेको मे।६प।५९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साईकल यात्री काफ्ले गंभिर घाइते भएका थिए ।
उनलाई उपचारका लागि मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा पुर्याउँदा चिकित्सकले घाईते काफ्लेलाई मृत घोषणा गरेका थिए ।
दुर्घटना परेका मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका वडा नं ६ बस्ने वर्ष २३ का अभिषेक भनिने ओमप्रकाश कार्कीको देब्रे हात भाँचिएको र शरीरका विभिन्न भागमा चोट पटक लागेकाले उनलाई पनि उपचारका लागि अस्पताल पठाइएको रमाइलो प्रहरी चौकी, रमाइलोले जानकारी दिएको छ ।
