फाइल तस्विर

काठमाडौं, ५ वैशाख–पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारीको हीरक जयन्ती मनाउनेबारे छलफल गरेकी छन्।

एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारीको आगामी असार १४ गते ७५ औं जन्मजयन्ती पर्छ।

सोही कारण मदन भण्डारी फाउण्डेसनले अघिल्लो वर्ष नै आगामी असार १४ गते हीरक जन्मजयन्ती मनाउने निर्णय गरेको थियो।

हीरक जन्मजयन्ती मनाउन फाउण्डेसनले डोरमणि पौडेलको नेतृत्वमा मूल समिति समेत गठन गरेको छ।

आज भण्डारीले मदन भण्डारी फाउण्डेसनका पदाधिकारी र नेकपा ९एमाले० का पार्टी सचिव एवम् जनसंगठन संयन्त्र इन्चार्ज भानुभक्त ढकालसँग छलफल गरेकी हुन्।

छलफलमा एमालेमा आवद्ध जनसंगठका प्रमुखहरू पनि थिए ।

मदन भण्डारी हीरक जयन्ती कसरी राम्रो र व्यवस्थित रूपमा मनाउन सकिन्छ भनेर भण्डारीले छलफल गरेको उनको सचिवालय जानकारी दियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *