दमक, ९ वैशाख–झापाको दमकमा केन्द्रीय कार्यालय रहेको द एभरेष्ट वचत तथा ऋण सहकारी संस्थाले बुधबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
१५औं वार्षिकोत्सवको अवसर पारेर द एभरेष्ट सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको द एभेरेष्ट सहकारी संस्थाका सहायक प्रमुख धर्मानन्द भट्टराईले जानकारी दिए ।
दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तदानमा सहकारी संस्था सञ्चालक समिति, कर्मचारीहरु र शेयर सदस्यहरुले सहभागिता जनाएका थिए ।

सहकारी संस्थाका अध्यक्ष दीपक खरेलको अध्यक्षताम र दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।
दमक–५ बेलडाँगी रोडमा केन्द्रीय कार्यालयसहित झापा र मोरङको विभिन्न स्थानमा सेवा केन्द्रहरुमार्फत सदस्यहरुलाई वित्तिय सेवा प्रदान गदै्र्र आइरहेको छ ।
आजै, सहकारी संस्थामा आन्तरिक कर्मचारीहरुवीच सेवा केन्द्र स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको संस्थाका सहायक प्रमुख धर्मानन्द भट्टराईले जानकराी दिए ।

सहायक प्रमुख भट्टराईका अनुसार अन्तर कर्मचारी हाजिरिजवाफ प्रतियोगितामा दमक कार्यालय प्रमम, सुरुङ्गा सेवा केन्द्र द्ुतिृया र बुधबारे सेवा केन्द्र तृतिया भएको छ ।
सो कार्यक्रममा रदमकस्थित राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की, क्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, व्ययवसायी यामजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।
सो कार्यक्रमको स्वागत मन्तव्य सञ्चालक समिति सदस्य सुवासचन्द्र गौड्तौलाले राख्नुभएको थियो भने सञ्चालन कार्यालय प्रमुख युवराज सिग्देलले गर्नुभएको थियो ।

