काठमाडौं, १० वैशाख–श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सञ्चालनमा आएको छ । ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नाम गरेको उनको फेसबुक पेज पुनः सञ्चालनमा आएको हो ।

१४ लाखभन्दा बढीले फलोअर्स भएको साम्पाङको पेज ६ दिन अघि बन्द भएको थियो । फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध अत्यधिक रिपोर्ट परेपछि फेसबुक बन्द भएको हो ।

सरकारले पूर्वपश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ भनी उल्लेख गरेपछि साम्पाङले व्यंग्य गर्दै ‘यलम्बर सडक’ नाम राख्नुपर्ने यही पेजमार्फत अभिव्यक्ति दिएका थिए ।

साम्पाङले बिहीबार दिउँसो काठमाडौ‌ंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि ‘काठमाडौंको यलम्बर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरियो भन्दै विमानस्थलको नाम परिवर्तनको आशय झल्किने पोस्ट गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *