प्रकाश ज्वाला

काठमाडौँ, १४ वैशाख–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय प्रवक्ताको जिम्मेवारी नेता प्रकाश ज्वालाले पाएका छन् ।

आज (सोमबार) केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

पार्टी एकताअघि उनी साविक नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुख थिए । यस्तै बैठकले पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान प्रमुख, अर्का वरिष्ठ नेता वामदेव गौतमलाई उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

कार्य विभाजनलाई लिएर नेकपामा विवाद, सात प्रदेशको इन्चार्ज को–को भए ?

नेता डा वेदुराम भुसाललाई स्कुल विभाग प्रमुख र प्रमेश हमाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ। तर अर्का एक नेताका अनुसार भूगोलको सात प्रदेश बाहेक अन्यको जिम्मेवारीमा कुरा नमिलेको जिकिर गरेका छन् ।

‘सात प्रदेशको जिम्मेवारी त्यही नै हो । विभाग र अन्यको जिम्मेवारीमा कुरा मिलिसकेको छैन । संयोजक र सहसंयोजकले थप छलफल गरेर भोलिको बैठकमा प्रस्तुत गर्छौँ भन्नुभएको छ’, ती नेताले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *