विद्वान गुरुङ

काठमाडौं, १७ वैशाख–नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष गुरुङले पार्टी निर्माण अभियानमा सहज वातावरण बनोस् भनेर आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

कांग्रेस सभापतिलाई सम्बोधन गरि दिएको राजीनामा पत्रमा ‘देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितीका कारण नेपाल तरुण दलको पाचौँ महाधिवेशन सम्पन्न गर्न नसकिएको’ बताएका छन्।

उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०७८ फागुन ९ गते तरूण दल अध्यक्ष मनोनीत गरेका थिए। उनले तरूण दलको पाँचौं अधिवेशन प्रक्रिया सुरू गर्न नसकिएको कुरा राजीनामा पत्रमा उल्लेख गरेका छन्।उनले भनेका छन्, ‘मेरो अध्यक्षतामा गठन भएको दलको केन्द्रीय समितिले पाचौँ महाधिवेशन सम्पन्न गर्न पार्टीले दिएको समयसीमा २०८३ मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने भएतापनि पाचौँ महाधिवेशनको प्रक्रिया सुरु भैरहेको अवस्थामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितीका कारण नेपाल तरुण दलको पाचौँ महाधिवेशन सम्पन्न गर्न नसकिएको यथार्थ पार्टीलाई अनुरोध गर्न चाहन्छु ।’

नेपाल तरुण दललाई नेपाली कांग्रेसको सिद्धान्त र योजना अनुसार अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बनाउनु वर्तमानको आवश्यक्ता रहेको गुरुङको भनाई छ ।

गुरुङले लेखेका छन्, ‘लोकतन्त्रको सुदृढ परिकल्पना एवम् नयाँ जनादेशलाई संस्थागत गरी नेपाली कांग्रेस पार्टीलाई समयले मागेको र लेखेका छन्, ‘लोकतन्त्रको सुदृढ परिकल्पना एवम् नयाँ जनादेशलाई संस्थागत गरी नेपाली कांग्रेस पार्टीलाई समयले मागेको र युगले चाहेबमोजिम नेपाल तरुण दललाई नेपाली कांग्रेसको सिद्धान्त र योजना अनुसार अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बनाउनु वर्तमानको आवश्यक्ता हो। ’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *