दमक, १८ वैशाख–झापाको दमकमा आज (शुक्रबार) किरात राई समुदायले भूमिस्थानमा पुजा आराधाना गरेर साकेला उभौली मनाएका छन् ।

दमक–१ बुद्ध चोकस्थित माङखिम परिसरमा किरात राई यायोक्खा दमक नगर समितिले भब्य कार्यक्रमवीच वैशाखे शुल्क पूर्णिमामा साकेला उभौली मनाएका हुन् ।

यायोक्खा दमक नगर समितिका कार्यवहाक अध्यक्ष धनजीत राईको अध्यक्षतामा र यायोक्खा झापाका उपाध्यक्ष लीलावहादुर बान्तवा रार्ईको प्रमुख आतिथ्यताम कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि यायोक्खा झापाका उपाध्यक्ष लीला वहादुर वान्तवा राईले शक्तिको प्रतिक तीन चुलामा आगो बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

त्यसवीचमा किरात राई यायोक्खा दमक नगर समितिको साकेला शिलि टोलीसहित दमक–५ र दमक–९ को वडा स्तरीय साकेला टोलीहरुले शिली प्रदर्शन गरेका थिए ।

सोही कार्यक्रममा अमेरिकामा बसोबास गरेर किरात र।ई समुदायको भाषा, धर्म र संस्कृतिको क्षेत्रमा सक्रिय दिपक कुलुङ राई र प्रताप कुलुङ राईलाई यायोख्या दमक नगर समितिले सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य सुमित्रा बाङ्देल चेली, यायोख्या दमक ७ का अध्यक्ष लालसुन्दर राईले साकेलाको सांस्कृतिक पक्ष र त्यसभित्रका मिथक र मौलिकताको बारेमा आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

किरात राई यायोक्खा दमक नगर समिति सदस्य हरिचन्द्र राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव वीरेन राईले गर्नुभएको थियो ।

साकेला उभौली चार्डको अवसरमा एक दिने मनोरञ्जनात्मक मेलाको समेत आयोजना गरिएको थियो । मेलामा रोटेपिङ, विभिन्न खेल तामासाहरु, वाछिपा, याङबेन, सेकुवा, सेल रोटी लगायतका खानपिनका स्वादहरु समेत राखिएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *