काठमाडौं, २१ वैशाख–सशस्त्र प्रहरी वलका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाउनु भएको छ ।

आज (सोमबार)  बिहान गृह मन्त्रालयमा भएको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उहाँलाई दर्ज्यानी चिह्न लगाईदिनु भएको हो ।

योसँगै पौडेलको कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । पौडेल सशस्त्र प्रहरीका १३औँ आईजीपी हुनुहुन्छ । गएको वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो ।

यसअघिका आईजीपी राजु अर्यालले चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ मा अवकाश पाउनुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *