दमक, ८ जेठ–झापाको दमक ७ मा वडा कार्यालयले चालु आर्थिक वर्षमा सम्पन्न गरेका र आगामी आर्थिक वर्ष २०८३।०८४ मा समावेश गरिनुपर्ने प्राथमिकतासहितको योजना र कार्यक्रमहरुका बारेमा जनप्रतिनिधि र वडावासीहरुवीच अन्तरक्रिया भएको छ ।

वडावासीहरुले जनप्रतिनिधिहरुसंग वडामित्र सडक, ढल, भवन, नदी नियन्त्रणका कुराहरु मात्रै उठाएनन्, उनीहरुले समुदायमा बढ्दो अवस्थामा छाडा छाडिएका कुकुर नियन्त्रण, फोहोर व्यवस्थापन, लागु औषधसम्मन्धि चेतना, संचतना र न्यूनिकरण, हाँट खोला (गोस लाइन बजार), पशुहाटको संरक्षण लगायतका समसामयीक विषयमा जिज्ञासा र सुझावहरु राखेका थिए ।

रतुवा खोलाको पश्चिमतर्फको बगरसम्मको भूभागमा फैलिएको दमक–७ नम्बर वडामा प्रत्येक वर्ष हुने वर्षा र डुवानका बारेमासमेत रजत टोल विकासका अध्यक्ष युवराज लिम्बूले जिज्ञासा राखेका थिए । लिम्बूले बाल अस्पताल आसपास र पशुहात र किरात भवनको आसपासमा हुने डुबानको बारेमा तत्काल सडकको दुबैतर्फ ढल निर्माण गरिनुपर्ने माग गरेका थिए ।

त्यस्तैं, लिम्बूले दमक पशुहाट क्षेत्रका सरकारी कार्यालय भवनलाई आधार मानेर लागुऔषध प्रयोगकर्ताहरुको भेला हुने ठाँउ बन्दै गएको र त्यस्ता भवनमा नगर प्रहरी र दमक प्रहरीले विशेष निगरानी बढाउनुपर्ने माग गरे ।

त्यस्तै, बिक्रम सुब्बाले कर्वड हललाई वडावासीले व्यवहारिक ढंगले प्रयोग गर्ने बातबरण बनाउन वडा कार्यालय र नगरपालिकाको कार्यालयलाई सुझाव दिएका थिए । सन्तोस चालिम्लङ राईले दमकको पुरानो पहिचानसहितको गोस लाइन (हाँट खोला) को व्यवस्थापन र दमक–७ मा भूमिसम्बन्धिका बारेमा जिज्ञासा राखेका थिए ।

बिनोदकुमार राईले दमकमा डम्पिङ साइडको अभाव भएको भन्दै दमक नगरपालिकाले दमकको फोहोर वयवस्थापनसम्बन्धि ठोस योजना ल्याउनुपर्ने माग गरे ।

आत्माज्ञान टोल विकासका तर्फबाट केदारनाथ घिमिरे, प्रतापबहादुर खत्री, जेष्ठ नागरिक टीका घिमिरे, पशुराम राई लगायतले आ–आफ्ना जिज्ञासा र सुझावहरु राखेका नेक्सट मिडिया प्रालिका सञ्चालक एबम् पत्रकार सुजन गौतमले जानकारी दिए ।

वडा नं ७ को कार्यालयको आयोजना तथा नेक्सट मिडिया प्रा.लि.दमकको संयोजन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख रामकुमार थापा र वडाध्यक्ष भीमबहादुर पौडेललाई वडावासीहरुले अन्तरक्रिया गरेका थिए ।

विहिबार, पशुहाटस्थित ७ नम्बर वडा कार्यलयको खुल्ला प्राङ्गणमा आयोजित कार्यक्रममा वडाअध्यक्ष पौडेलले अध्यक्षता गरेका थिए । सो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रामकुमार थापा थिए । यस्तै, सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सुनिल निरौलाको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा वडासदस्य अतित बान्तवा राईले वर्षभरि गरेका योजना र कार्यक्रमका बारेमा जानकारी गराएका थिए । वडासदस्य राईले वडा कार्यलयबाट सम्पन्न भएकाा निती, योजना र कार्यक्रमकमा बारेमा जाकारी गराएका थिए ।

त्यस्तैं, वडा सदस्य राईले वडा कार्यालयले खासगरी शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतलाई आधार बनाएर विकास निर्माण गरेका कामहरु आम वडावासीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा वडासचिब योगेश भट्टराईले चालु आर्थिक वर्षभरिमा सम्पादन भएका गतिविधि प्रस्तुत गरेका थिए । वडा सचिव भट्टराईका अनुसार यसबर्ष वडामा रु १ करोड २२ लाख बजेट बिनियोजन भएकोमा भदौमा भएको जेनजी आन्दोलनले सो बजेटको १० प्रतिषत बजेट कटौती भएको बताए ।

पत्रकार उमानाथ भण्डारीले सहजिकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा दमकका पत्रकारहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका २७ वटा टोल विकास संस्थाबाट सहभागिता रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *