दमक, ३१ साउन–प्रसिद्ध कवि एबम् पत्रकार राजेश ढुङ्गानाका कविताहरुको संग्रह ‘मुटु फलाम भएर’माथी दमकमा परिचर्चा गरिएको छ ।

मन्थन नेपालको आयोजनामा दमकस्थित दमक पब्लिक लाइब्रेरीमा कवि एबत्र् पत्रकार ढुङ्गानाको कृति ‘मुटु फलाम भएर’माथी परिचर्चा गरिएको हो ।

झापा भद्रपुरका कवि एबम् पत्रकार राजेश ढुङ्गानाको ‘मुटु फलाम भएर’ कृति कविताहरुको सग्रह हो । वहाँको यो तेस्रो कृति हो । यसअघि उनका दुईवटा कृतिहरु प्रकाशित भइसकेका छन् ।

मन्थन नेपालका अध्यक्ष कवि प्रकाश बुढाथोकीको अध्यक्षतामा र नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्रज्ञा सदस्य सुमित्रा बाङदेल चेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी प्राज्ञ चेलीले मुटु फलाम भएर कृतिबाट एक थान कविता वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा कृतिकार राजेश ढुङ्गानाका परिचय र कृतिमाथी साहित्यकार भद्रपुरस्थित वर्तमान साहित्य समाजका अध्यक्ष डिल्लीरमण नेपाल र समाजका सचिव महेन्द्र कोइरालाले बोल्नुभउको थियो ।

त्यस्तैं, साँस्कृति पहिचानसम्बन्धि कविता लेखनमा सक्रिय साङ्सेन पन्धाक, दमक प्रज्ञा प्रष्ठिानका निवर्तमान अध्यक्ष हेम अधिकारी, दमक प्रज्ञा प्रतिष्ठानका सचिव जयबहादुर श्रृेष्ठ, दमक प्रज्ञा प्रतिष्ठानका डाक्टर बेञ्जना शर्मा लगायतले आ–आफ्ना धारणाहरु राख्नुभएको थियो ।

दमक पब्लिक लाईब्रेरीका संस्थापक भेषराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसवीचमा कवि जयबहादुर श्रेष्ठ (दमक), कवि महेन्द्र कोइराला (भद्रपुर), कवि देवराज विष्ट (दमक) ले कवि एबम् पत्रकार ढुङ्गानाका कृति मुटु फलाम भएरबाट एक एक थान कविता वाचन गरेका थिए ।

वरिष्ठ कवि गजलकार एबम कलाकार धनकुटे कान्छाले सो कार्यक्रमको संयोजन तथा सहजिकरण गर्नुभएको थियो । सो कार्यक्रममा प्रतिभाशाली कवियत्रीद्धय साहिमा न्यौपाने र निहारिका नेपालले आ–आफ्ना रचना वाचन गरेका थिइन् ।

सो कार्यक्रममा उर्लाबारी मोरङका कवि दिलिप सगर राई, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम (दमक), कवि एबम् पत्रकार राजेश ढुङ्गानाका जीवनसंगिनी मिना पाण्डे डुङ्गाना लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *