दमक, ३१ साउन–स्थानीय तहको निर्वाचनको मिति नजिकिदैं गर्दा दमकमा विभिन्न राजानीतिक पार्टीका तर्फबाट नेताहरुले नगर प्रमुख तथा उपप्रमुख पदमा उम्मेद्वारको आकाक्षी देखाउन थालेका छन् ।
दमकमा आगामी हुने स्थानीय तह अन्तर्गत नगर प्रमुख पदमा बहालवाला नगर प्रमुख रामकुमार थापाले उम्मेद्वारको आकाक्षा देखाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश अध्यक्ष समेत रहनुभएको दमक नगर प्रमुख थापाले सार्वजनिक कार्यक्रममा नगर प्रमुख पदमा दोहोर्याउने संकेत गरेका हुन् ।
त्यस्तैं, नेकपा (एमाले) को तर्फबाटसमेत नगर प्रमुख पदमा उम्मेदेवारी दिने अकाक्षा देखाउन थालेका छन् । दमक वडा नम्बर ८ का वडाध्यक्ष दिपेश दाहालले एमालेको तर्फबाट दमक नगरको प्रमुख पदमा उम्मेद्वार दिने सार्वजनिक गरेका हुन् ।
यता, नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदमा राजु तामाङले आकाक्षा देखाएका हुन् । दमक–९ का तामाङ कांग्रेस झापाका जिल्ला सदस्य हुन् ।
तामाङले नेपाली कांग्रेस पार्टी दमकको वडा नम्बर ९ को वडा सभापति, तरुण दल दमक नगर सचिव, तरुण दल झापा जिल्ला सदस्यको जिम्मेवारीहरु कुशलता साथ पुरा गरिसक्नुभएको छ ।
तामाङ, राजनीतिसंगै धार्मीक तथा साँस्कृतिक क्षेत्रमार्फत शिक्षा, स्वास्थ्य र समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । वहाँ, दमक–९ को नामग्याल कुछे जिन्लब बौद्ध गुम्बाको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । त्यस्तैं, वहाँ शान्ति सामुदायिक सिकाई केन्द्र दमक–९ को अध्यक्षमा कार्यरत हुनुहुन्छ ।
