दमक, १९ भदौं–दमक जेसीजले दमकमा जेसीज सप्ताह कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यसै कार्यक्रम अन्तर्गत आज (शुक्रबार) दमकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता बी डिभिजन सम्पन्न भएको छ । जेसीजको ब्याडमिन्टन प्रतियोगिता पाँचौ कार्यक्रम हो ।

दमक जेसीजको आयोजना ७ नम्बर वडा कार्यलयको सहकार्य तथा दमक नमुना ब्याटमिन्टन एकेडेमीको हलमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा भद्रपुरका अभिनाश धिमाल र प्रज्वल ओझाको जोडी च्याम्पियन बनेको छ ।

त्यसैगरी दोस्रो स्थानमा एबिसिका हरि लिम्बु र सौगात लिम्बु रहदा तेस्रो स्थानको उपाधि रोनिस लाम्गादे र पल राईसहित जीवन दहाल र अभिनास राईको जोडीले जित्न सफल भयो ।

विजेताहरुले क्रमशः १६ हजार, १० हजार र चार हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

बिजेताहरुलाई दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमलीसहितको टोलीले नगदसहित ट्रफि, मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *