गौरादह, ८ असोज-–झापाको गौरादहमा नेपाली कांग्रेस पार्टी नगर समितिको अधिवेशनबाट सभापतिमा प्रकाश कार्की निर्वाचित भएका छन् ।
आज असोज ८ बिहिबार नेपाली कांग्रेस गौरादह नगरसभापतिमा प्रकाश कार्की र भानु आचार्यको उम्मेदवारी परेपछि निर्वाचनको प्रकृया मार्फत नेतृत्वको छिनोफानो गरिएको थियो ।
त्यसक्रममा अर्का प्रतिस्पर्धी आचार्यलाई पराजित गर्दै कार्कि सभापति पदमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा खसेको २७२ मतमध्ये कार्कीले १७४ मत प्राप्त गरे भने आचार्यले ९० मत प्राप्त गर्नुभएको हो ।

