दमक, १३ असोज–नेपाली कांग्रेसको झापा क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् ।
सोमबार, गौरादहमा सम्पन्न क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ४४१ मत ल्याई न्यौपाने क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी रोशन विष्टले ४२१ मत पाएका छन् ।
त्यस्तै सचिवमा आत्माराम राजवंशी निर्वाचित भएका छन् । त्रिपक्षीय भिडन्तमा २९७ मत ल्याई राजवंशी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु तिलोचन आचार्यले २४३ र पुरण अधिकारीले २२२ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्रीय सहसचिवमा टंकप्रसाद ढकाल तथा सदस्यहरुमा डार्बिन संग्रौला, रबिन्सन रिजाल ,लावन्य खतिवडा, गणेश गौतम ,मानबहादुर दाहाल, एकराज प्याकुरेल, नगेन्द्र दाहाल, सोमलाल धिमाल, डम्बरबहादुर गुरुङ, मेहरमान पाण्डे, शान्ती पौडेल ,विनु खतिवडा र चमला धिमाल चयन भएका छन् ।
क्षेत्रीय सभापति र सचिवबाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
