दमक–दमक–६ वर पीपल चोकमा अवस्थित विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले शनिबार १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाको कार्यालयमा आयोजित वार्षिक साधारणसभालाई प्रमुख अतिथिसमेत रहनुभएका राष्ट्रिय सहकारी वैंक दमक शाखा प्रमुख अर्जुन कार्कीले सहकारी संस्थालाई सदस्यहरुको मन जीत्न र विश्वाशिलो बताउन जरुरी रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा र राष्ट्रिय सहकारी र्वैक दमक शाखा प्रमुख कार्कीको प्रमुख आतिथ्यतामा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो । सो सभामा प्रमुख अतिथि कार्कीले बिना तडक भडक र देखाशिखी सहकारी संस्थाहरु सहकारी संस्थाको नीति, सिद्धान्त र व्यवहारमा सदस्यलाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
सहकारी संस्थाकी उपाध्यक्ष सम्झाना साँवाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा दमकका पत्रकार यज्ञराज आङदम्बे (बिष्णु सुब्बा) लाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, सो सहकारी संस्थामा आर्थिक वर्ष २०८२।०८३ मा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुसहित सदस्यका छोराछोरीहरुबाट कक्षा–१२ उर्तिण गर्नें छात्रा–छात्रहरुलाई शैक्षिक प्रोत्साहन गराउने उदेश्यले सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानितहरुलाई संस्थाका अध्यक्ष राई, प्रमुख अतिथि कार्की, संस्थाकी उपाध्यक्ष साँवा, सञ्चालक सदस्य एबम ऋण उपसमितिकी संयोजक अनिमा तामाङ, सञ्चालक सदस्य निर्मला लावोती, सञ्चालक युवराज दंगाल, लेखा सुपरिवेक्षण समितिकी सदस्य माया राई लगायतले सम्मानपत्र वितरण गरेका थिए ।
कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार तथा गोर्खाज फाइनन्स र्बैक दमक शाखा प्रमुख रजिन राई, सल्लाहकार सदस्य डेजा क्याफेका सञ्चालक देबेन्द्र चेम्जोङलगायत कर्मचारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई संस्थाका व्यवस्थापक हरिवहादुर दाहालले गरेका थिए ।







