काठमाडौं, १८ असोज–नेपाली कांग्रेसमा पदाधिकारीको संख्या बढ्ने भएको छ।

आज (आइतबार) देखि काठमाडौँमा सुरु हुने पार्टीको १५औँ महाधिवेशनमा नेतृत्व चयनअघि विधान संशोधन गरेर उपसभापति र सहमहामन्त्रीको संख्या थपिने भएको हो। नेताहरूबीच भएको सहमतिअनुसार एक वरिष्ठ र एक महिला उपसभापति थपिने भएका छन्।

हाल कांग्रेसमा दुई उपसभापति रहने व्यवस्था छ। थपिएसँगै उपसभापतिको संख्या चार पुग्नेछ। त्यस्तै, दुई खुला सहमहामन्त्री थप्ने समझदारी बनेको छ। हाल ११ जना सहमहामन्त्री रहेकामा संख्या बढाएर १३ पुर्‍याइनेछ।

विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा महामन्त्रीको संख्या थप्ने विषयमा समेत छलफल भइरहेको एक नेताले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *