Month: September 2020

प्रदेश १ मा डिस्चार्ज हुनेभन्दा आइसोलेसनमा बस्‍नेको संख्या धेरै

विराटनगर, ७ असोज–प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ । बुधबार विभिन्‍न आइसोलेसन केन्द्र र अस्पतालबाट २७ जना डिस्चार्ज हुँदा ९१ जना नयाँ संक्रमित थपिएका छन्…

जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने

काठमाडौं, ७ असोज–कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा…

उपाध्यक्ष वामदेवले प्रधानमन्त्रीलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

काठमाडौं, ७ असोज–सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि…

भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख नाघ्यो

एजेन्सी, ७ असोज–भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८८ हजार ९३५ संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म…

आइपीएलः चेन्‍नइलाई १६ रनले हराउँदै राजस्थान विजयी

झापा, ७ असोज–इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० मा राजस्थान रोयल्सले विजयी शुरूवात गरेको छ। मंगलबार राती सम्पन्न खेलमा चेन्‍नइ सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल…

छत्तिसगढमा बनेको न्युन चापीय क्षेत्रका कारण नेपालभर वर्षा

काठमाडौं, ७ असोज–अहिले देशभरको मौसम बदली भई पानी परिरहेको छ। धेरै स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…

ताप्लेजुङको घुन्सा दुर्घटनाको १४ वर्ष पूरा, संरक्षण दिवस मनाइँदै

काठमाडौं, ७ असोज–ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना संरक्षणर्मी हेलिकोप्टर दुर्घटनामा परी निधन भएको आज १४ वर्ष पूरा भएको छ। दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण…

मकवानपुरमा १०४ किलो गाँजासहित तीनजना पक्राउ

हेटौंडा, ७ असोज–मकवानपुरको मनहरि गाउँपालिकामा १०४ किलो लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मनहरिको टोलीले मंगलबार बिहान मनहरि–६ स्थित लोथर खोलाको बगरबाट उनीहरुलाई गाँजासहित नियन्त्रणमा लिएको हो।…

बर्दियामा स्‍तन क्यान्सरले थलिएकी बन्धराको उपचार गर्न आर्थिक अभाव

बर्दिया, ७ असोज–बर्दियाको ठाकुरबाबा नगरपालिका-२ कर्मलाकी ५८ वर्षीया बन्धरा कामी स्तन क्यान्सरले थलिएकी छिन्‌। तर आर्थिक अभाव हुँदा अहिलेसम्‍म उपचार पाउन सकेकी छैनन्‌।​ प्रारम्भिक जाँचबाट उनलाई स्तन क्यान्सर भएको चिकित्सकले…

थप १,३५६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ६६,६३२ पुग्यो

काठमाडौं, ६ असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा…