Month: October 2020

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं, १८ असोज–कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु…

आज दुई हजार २५३ कोरोना संक्रमित थपिए

काठमाडौं, १८ असोज–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…

मन्त्रालय घटाऊ, खर्च कटौती गरौंः सांसद सुदन किराँती

काठमाडौं, १८ असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किराँतीले महामारीले गम्भीर आर्थिक संकट सिर्जना गरेका बेला फजुल खर्च रोक्न मन्त्रालय घटाउनु पर्ने…

प्रधानमन्त्रीको सुरक्षामा खटिएका ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, १८ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बालुवाटारको सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र…

सिटीसँग लिड्सको बराबरी

एजेन्सी, १८ असोज–प्रिमियर लिग फुटबलमा यसै सिजन शीर्ष डिभिजनमा उक्लेको लिड्स युनाइटेडले म्यान्चेस्टर सिटीसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा लिड्सले सिटीसँग १–१ गोलको बराबरी खेलेको हो ।…

डर्टमण्डको जितमा हालान्डको दुई गोल

एजेन्सी, १८ असोज–जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित नकालको छ । शनिबार भएको खेलमा डर्टमण्डले एससी फ्रिवर्गलाई ४–० गोल अन्तरले हराएको हो । डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा…

रुघाखोकीभन्दा गन्ध र स्वाद थाहा नपाउनु कोरोनाका स्पष्ट लक्षण

बीबीसी, १८ असोज–कोभिड-१९ सम्बन्धी हालै गरिएका नयाँ रिसर्चहरुमा रुघाखोकी या ज्वरो भन्दा गन्ध र स्वाद थाहा नपाउनु यसको अझ स्पष्ट संकेत हुन सक्ने पत्ता लागेको छ । युनिभर्सिटी कलेज लन्डनले…

दिल्लीसँग कोलकाता १८ रनले पराजित

एजेन्सी, १८ असोज–इण्डियन्स प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले कोलकोता नाइटराइडर्सलाई १८ रनले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ८ विकेट…

बालुवाटारमा कोरोनाः प्रधानमन्त्रीको सचिवालयका पाँचसहित ७५ जना संक्रमित

काठमाडौं, १८ असोज–प्रधानमन्त्रीको सचिवालयका पाँचजना सदस्यसँगै ६७ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीको सरकारी निवास सुरक्षार्थ तैनाथ ६७ जना सुरक्षाकर्मीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार आएको…

सात सय कैदीलाई कोरोना संक्रमण, आठको मृत्यु

काठमाडौँ, १७ असोज–देशका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी…