Month: April 2022

उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म, अन्तिम नामावली आजै प्रकाशन हुने

काठमाडौं, १६ वैशाख–स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ।…

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुनेः कांग्रेस

काठमाडौँ, १६ वैशाख–नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन…

सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेः महतो

काठमाडौँ, १६ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुने गरि सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् । नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने…

झापामा मनोनयन दर्तासँगै उम्मेदवार जनताको घरदैलोमा

भद्रपुर, १५ बैशाख–आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार जनताको घरदैलोमा पुग्न थालेका छन् । जनताको पीरमर्का बुझ्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु…

माधब नेपाल भन्छन्ः ‘ओलीले जनतालाई लुट्ने र चुस्‍नेबाहेक केही गरेनन्’

काठमाडौं, १५ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्। बिहीबार पार्टी कार्यालयमा भएका…

कमल गाउँपालिकामा गठबन्धनको घरदैलो शुरु

दमक, १५ बैशाख–नेपाली कांग्रेससहितका गठबन्धनले आजदेखि कमलमा घरदैलो शुरु गरेको छ । गठबन्धनले बाह्घरेमा आज संक्षिप्त कार्यक्रम गरि निर्वाचन लक्षित घरदैलो अभियान शुरु गरिएको हो । यहि बैशाख ३० गते…

धरमपुरमा विकासका योजनाहरु ल्याउन र त्यसको नेतृत्व गर्न सफल नेता दुर्गा नेम्बाङ

धरमपुर, १५ वैशाख–वडा र नगरभित्र विकास योजना ल्याउन र त्यसको नेतृत्व गर्न सक्ने क्षमताका पात्र हुन्ः दुर्गा नेम्बाङ । झापाको शिबसताक्षी–१ धरमपुर चर्चाबारी निवासी उनै नेम्बाङले धरमपुर लगायत आसपासको क्षेत्रमा…

नेपालकै प्रस्तावमा एमसीसी आएको होः गृहमन्त्री

काठमाडौँ, १४ वैशाख–गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले एमसीसी…

संखुवासभाको खाँदबारीमा श्रीमान् मेयरमा र श्रीमती उपमेयरका उम्मेदवार

संखुवासभा, १५ वैशाख–संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम…

मोबाइल व्यवसायी संघद्वारा दमकको तिनवटै प्रशासन कार्यालयमा ज्ञापन पत्र

दमक, १४ वैशाख–झापाको दमकका मोबाइल व्यवसायीहरुले आज इलाका प्रशासन कार्यालय, दमक प्रहरी कार्यालय र दमक नगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका छन् । दमकका मोबाइल पसलहरुबाट पछिल्लो समय चोरीको घटनाहरु बढिरहेको…