एजेन्सी, ९ फागुन–मानिसहरु आफ्नो उमेरको २० देखि ३० वर्षसम्म यौन जीवनको उत्कर्षमा हुने गर्छन् । तर, कतिपय मानिसहरु ४० वर्ष पुग्दा नपुग्दै यौन दुर्वलताको शिकार हुन पुग्छन् र उनीहरुमा यौन इच्छा र क्षमतामा कमी आउन थाल्छ ।
शारीरिक स्वास्थ्यसँग सम्बन्धित कारण र अवस्थालाई पनि दोष दिन नमिल्ने होइन । तर, युवाहरुमा हुने यौन दुर्वलता मानसिक कारण बढी हुने गर्दछ । जसका बारेमा हाम्रो ध्यान गएको हुँदैन र हामी शरीरमा नै त्यसको समाधान खोजिरहेका हुन्छौं ।
यौन दुर्वलताअन्तरगत लिंग उत्तेजनाको कमीलाई अंग्रेजीमा इरेक्टाइल डिसफङ्सन भनिन्छ । जसमा व्यक्तिले चाहेर पनि आफ्नो यौन अंगलाई उत्तेजित पार्न सक्दैन । अथवा चाहिने बेलासम्म उत्तेजित अवस्थामा राख्न सक्दैन । स्वास्थ्य यौन जीवनको लागि मानिसको स्नायु प्रणाली र मानसिक अवस्थाले स्वस्थ रहनु पर्दैन ।
एउटा अध्ययनले के देखाउँछ भने अमेरिकामा एक करोड ८० लाख मानिसहरु लिंग उत्तेजना नहुने समस्याबाट पीडित छन् । हाम्रो देशमा त्यस्तो अध्ययन भएको पाइँदैन । पुरुषहरुमा उमेरले यौन इच्छामा कमी आउनु स्वाभाविक हो र त्यो प्रायः ६५ वर्षमाथिको उमेर समूहमा तीब्र रुपमा बढ्दो क्रममा पाइन्छ । जुन तथ्य जोन होप्किङ ब्लुम्बर्ग स्कुल अफ पब्लिक हेल्थको अध्ययनले देखाएको छ ।
-यौन ह्रासका कारण र प्रभाव
यौन दुर्बलता ४० वर्ष भन्दा मुनिका व्यक्तिमा कम हुने गर्छ । यदि उसको शारीरिक स्वास्थ्यमा कनै वंशाणुगत कारण छैन भने ९डा।जोफ्री के कोलोनका अनुसार० । यसको प्रमुख कारण मानसिक अवस्था नै हो र अर्को कारण चाँही मधुमेहको जटिलता हुन सक्छ, जुन यो उमेर समूहमा त्यति प्रवल हुँदैन ।
यौन र मानसिक अवस्थाको कुरा गर्दा यो व्यक्तिको सोचसँग पनि जोडिएको हुन्छ । जसलाई उसले कसरी बुझेको छ र त्यसलाई कसरी ब्यवहारमा उतार्छ, त्यसमा भर पर्ने कुरा हो । हरेक ब्यक्तिले जतिबेला पनि १६ वर्षको हुन खोज्नु सम्भव हुँदैन ।
–यौन दुर्वलताका मानसिक कारणहरुः
यसका अनेक कारणमध्ये निम्नलिखित केही मानसिक कारण छन्
यौनक्रिडा राम्रोसँग गर्न सक्छुरसक्दिँन भन्ने कौतुहलता र शंका ।
आफ्नै लिंगप्रतिको हीनताबोध ।
सुषुप्त होमोसेक्सुआलिटी ।
आफ्नो यौनसाथीप्रति नकारात्मक सोच र अविश्वास ।
पारिवारिक तनाव ।
व्यवसायिक तनाव ।
यौनप्रतिको अस्वाभाविक सोच ।
मानसिक समस्या, चिन्ता र दिक्दारीपन ।
आफूप्रतिको अवधारणा, आत्मसम्मान, आत्मबल, आत्मसमीक्षाको कमी । महत्वाकांक्षा र वास्तविकताबीचको दूरीरखाडल आदि ।
–यौन दुर्वलताका अन्य कारणः
मानसिक समस्याबाहेक अरु केही कारणहरु जसले यौन कार्यमा प्रभाव पार्ने र शिथिलता ल्याउने कारण निम्न हुन सक्छन्
आर्थिक अवस्था
अनुपयुक्त वातावरण र हस्तक्षेप
धुम्रपान-धुम्रपान गर्नेहरुलाई डेढ गुणा ९१।५० बढी यौन दुर्बलता हुन्छ नगर्नेको तुलनामा ।
डिप्रेसन-डिप्रेसन र लिंग दुर्बलता एक अर्कासँग सम्बन्धित हुन्छन् । अध्ययनहरुले डिप्रेसन हुनेहरुलाई १.८ गुणा बढीले यौन दुर्बलता हुन्छ भन्ने देखाउँछ ।
अर्को कारण उच्च रक्तचाप र मोटोपना हो । जसको ब्यवस्थापनले समस्यामा सुधार ल्याउन सक्छ ।
कुनै दुखद घटनाहरुको पुनरावृत्ति-कुनै कष्टदायक घटनाहरुको पुनःस्मरणले पनि त्यही समयको सेरोफेरोमा यौन समस्या ल्याउन सक्छ ।
बेरोजगारी, अनमेल विवाह, प्रेम र विवाह फरक व्यक्तिसँग हुनु, पारिवारिक पृष्ठभूमिमा अति नै भिन्नता हुनु आदि पनि समस्याका कारण हुन सक्छन् ।
मादक पदार्थ र ड्रग्सको सेवन पनि यौन इच्छा र यौन क्षमतामा कमी ल्याउने शक्तिशाली कारणहरु हुन् ।
यौन दुर्बलताका निम्ति अरु कारणहरुमा प्रोटेष्टको शल्यक्रिया, मेरुदण्डको चोट, हार्मोनहरुको असन्तुलन आदि छन् ।
टेस्टोसटेरन, जुन पुरुषमा हुने हर्मोन हो, जसको कमीले परुषमा यौन क्षमताको कमी गराउन सक्छ । जुन ४० वर्ष भन्दा माथिका पुरुषहरुमा हरेक चारजनामा एकजनालाई हुन सक्छ ।
हरेक २० वर्ष र ३० वर्षबीचको उमेर समूहमा हरेक २० जनामा एक जनालाई टेस्टोसटेरनको कमी हुन्छ । यो पनि यौन दुर्बलता ल्याउन सहयोगी हुन्छ ।
यो समस्यालाई मलजल गर्ने ठूलो कारण भनेको सम्बन्धित ब्यक्तिले आफ्नो समस्यालाई आत्मसाथ नगर्नु, नस्वीकार्नु र त्यसको समाधान उपयुक्त समयमा नगर्नु हो ।
–यौन दुवलताका समाधानका उपायः
मादक पदार्थ र ड्रग्सको प्रयोग नगर्ने
धुम्रपान नगर्ने
नियमित ब्यायाम गर्ने
तनाव कम गर्ने
७-८ घण्टासम्म लगातार निदाउने
आत्मबल बढाउने
आफूप्रति सकारात्मक सोच राख्ने
यौनलाई स्वभाविकरुपमा ग्रहण गर्ने
आफूसँग जे छ, त्यसैमा रमाउन सिक्ने
बढी महत्वाकांक्षा नपाल्ने
औषधिको चक्कीको सहारामा बाँच्ने चाहना राख्नुभन्दा आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु नै यो समस्यासँग जुध्ने सही उपाय हो ।
