काठमाडौँ, १७ फागुन–नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह हाम्रो हो धन्ने घोषणा हुन मात्र बाँकी रहेको छ ।

पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सेटिङको प्रचार निर्वाचन आयोगबाट पनि भत्कने बताए ।

उनले पार्टी र सूर्य चिन्हको आधिकारिकता पनि आफूहरुले नै पाउने बताए । उनले भने, सूर्य चिन्ह र पार्टीको हामीले आधिकारिकता पाइसक्यौँ, घोषण हुन मात्र बाँकी छ ।

सर्वोच्चले संसद विघटनको सिफारिस बदर गरेपनि ओलीले झन जितिउँ भन्ने भ्रम फैलाएको प्रचण्डले टिप्पणी गरे । सर्वोच्चको फैसलाले पावा पछारिएझैँ पछारिँदा पनि झन जित्यौँ भन्दै हुनुहुन्छ केपी जीहरु, प्रचण्डले भने, हार्दा पनि जित्यौँ भन्ने यो कस्तो सिद्धान्त हो रु केपी जी नांगै भएपनि लुगा लागएको छु भन्दै हुनुहुन्छ ।

ओलीको असंवैधानिक कदम सर्वोच्चलृ खारेज गरेपछि नैतिकताको आधारमा एकदिन पनि पदमा बस्न नहुने हो, तर अझै देखाइ दिन्छु भन्दै हुनुहुन्छ, प्रचण्डले भने, ओलीले अझै भ्रम छर्दै हुनुहुन्छ । प्रचण्डले ओली प्रतिगामी कित्तामा पुगेको आरोप लगाए । उनले भने, प्रतिगामी सम्पूर्ण रुपले अन्त्य नभएसम्म अनेक जालझेल र षड्यन्त्र गरिरहने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *