काठमाडौं, १८ फागुन–जाडो मौसम सकिएको छ । विस्तारै देशभर गर्मी फर्किन थालेको छ । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिएकी छिन् । दिउँसो प्रदेश–१ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताइन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँको मौसम सफा रहने र पर्सी बिहीवारदेखि भने सामान्य बादल लागेर पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहने मौसमविद् मञ्जु बासीले बताएकी छिन् ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम गरिएको महाशाखाले जनाएको छ । मौसम खुल्न थालेसँगै काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । हिजो काठमाडौंको अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *