अनिलदेब राई/डुडामारी (शिबसताक्षी), १८ फागुन–झापाको शिबसताक्षी–८ डुडामारीस्थित भगवती आधारभूत बिद्यालयमा आज सुजना शेर्मा स्मृती छात्रवृत्रि वितरण तथा सुजना मार्ग उद्घाटन गरिएको छ । सोही अवसर पारेर डुडामारीमा बृहत खुल्ला रक्तदान तथा एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
शिबसताक्षी नगरपालीकाकी पुर्ब स्वस्थ्यकर्मी स्वर्गीय सुजना शेर्माको २५औ जन्मोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको संयोजक एबम् पत्रकार गोविन ल्वागुनका अनुसार भगवती आधारभूत बिद्यालयमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २९ प्रिन्ट रगत संकलन भएको छ भने स्वास्थ्य शिविरमा अँखा, कान, दन्त र आयुर्वेद सेवा प्रदान गरिएको थियो । सो शिविरमा डुडामारी, धरमपुर, फाक्त्तेप, झिलझिले, लालझोडाका स्थानीय दुईसय बढी सेवाग्राहीहरुले सेवाको लाभ लिएका थिए ।

सो शिविरमा दन्त परिक्षणतर्फ आमा डेन्टल दमक, अँखा र कान परिक्षणतर्फ मेची नेत्रालय दमक र कुलुङ आयुर्वेद प्रालि दमकले निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको कार्यक्रममा सहभागि आमा डेन्टल दमकका सञ्चालका एबम् दन्त बिशेषज्ञ अर्जुन कुमार श्रेष्ठले हाम्रोेसरोकारलाई बताउनुभयो ।
त्यस्तैं, कार्यक्रममा स्थानीय गाउँ समाजमा रहेर उल्लेखिनिय कार्य गरेको भन्दै सामाजिक संघ–संस्थासहित व्याक्तित्वहरुलाई मान–सम्मान गरिएको थियो । कार्यक्रम संयोजक एबम् पत्रकार ल्वागुनका अनुसार समाजमा विशिष्ट योगदान गर्नुहुने समाजसेवी दलकुमार शेर्मा (डुडामारी) सतासीधाम जेसिजका निर्वतमान अध्यक्ष कुमारसिंह साँवा, बयोबृद्ध चन्द्रबहादुर शेर्मा (वर्षः ८८) र सवारी दुर्घट्ना न्यूनिकरण र लागूऔषध नियन्त्रणतर्फ सक्रिय जीवनचक्र समाज नेपाल दमकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रक्तदानतर्फ प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसहित अन्य सहयोगी र सहकार्य गर्ने संघसंस्थाहरुलाई मायाको चीनो प्रदान गरिएको थियो । मायाको चीनो रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाललाई प्रदान गरिएको थियो ।
सम्मानितहरुलाई दोसल्ला ओढाएर सम्मान-पत्रसहित कार्यक्रममा सम्मान गरिएको थियो । जीवन चक्र समाजका अध्यक्ष एबम् रक्तदान कार्यक्रम अभियानकर्मी गणेशप्रसाद गौतम, सतासीधाम जेसिज बर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवा, सामाजिक व्याक्तित्व दलकुमार शेर्मा र बयोबृद्ध चन्द्रबहादुर शेर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

यता, भगवती आधारभूत बिद्यालयद्धारा आयोजित स्वर्गीय सुजना शेर्मा स्मृती छात्रवृत्रि वितरण कार्यक्रम गरिएको थियो । सो अन्तर्गत बिद्यालयका नर्सरीदेखी कक्षा ५ सम्मका १० जना गरिव तथा जेहेन्दार छात्रा छात्रहरुलाई बिद्यालय पोशाक पाएका थिए । पोशाक वितरण कार्यक्रममा सहभागीहरुलाई बिद्यालयका प्रधानध्यापक टेकबहादुर थापा मगरले स्व. सुजना शेर्मा स्मृती छात्रवृत्रि वितरण सम्बन्धी जानकारी गराएका थिए ।
सोही अवसरमा अक्षयकोष दाता भवानी प्रसाद शेर्माले बिद्यालयलाई स्थापना गरिदिएको स्व. सुजना स्मृती छात्रवृत्रि कोषमा रु १५ हजार ४५ प्रदान गरेका छन् । अक्षयकोष दाता शेर्माका अनुसार बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कोषमा थप रकम जम्मा गरिएको हो ।

त्यसैगरि, आजै शिबसताक्षी-८ को बिकाश चौकदेखी दक्षिणहुदै मंगलबारे–माङहिम जोड्ने सडकबीचको भित्री सडकको नामकरण सुजना मार्ग गरिएको छ । सो मार्गको आजै उद्घाटन गरिएको छ ।
यसअघि, सो सडकको नामकरणसहित बोर्ड स्थापना गरेपनि औपचाकिर उद्घाटन नभएकोले आजैको अवसरमा सो सडकको नामकरणसहित उद्घाटन गरिएको कार्यक्रम संंयोजक एबम् पत्रकार ल्वागुनले बताए ।
सो कार्यक्रममा शिबसताक्षी–८ का वडा अध्यक्ष केहरसिंह बस्नेत, बिद्यालयका प्रअ थापा मगर, सतसीधाम जेसिजका निर्वतमान अध्यक्ष साँवा, जीवन चक्र समाज नेपालका अध्यक्ष गौतम, सम्मानित दलकुमार शेर्मा, सामाजिक अगुवा डिके शेर्मा, स्वर्गीय सुजनाकी माता पिता लगायत स्थानीय बुद्धिजिबीहरुको उपस्थिति रहेको थियो ।

