गोविन ल्वागुन/डुडामारी, १९ फागुन–बिरेन्द्र कृषि सहकारी सस्थाको अध्यक्षमा पुनः मोहन सेर्मा चयन भएका छन । बुधबार सस्थाको तेस्रो साधरण सभा तथा दोस्रो अधिबेसनबाट सेर्मा पुनःअध्यक्षमा चयन भएका हुन ।

त्यसैगरि, समितिको उपाध्यक्षमा भिम कुमारी खड्का, सचिबमा सन्दिप सेर्मा ,सर्बसम्मत चयन भएका छ्न भने सद्स्यहरुमा क्रमशः रोमन लाम्गादे, ,दिलकुमर सेर्मा, लक्ष्मी सेर्मा, छिरिङ लामा ,रुपध्वज श्रेस्ठ, सितकुमरी भुजेल, चन्द्रकला भट्टराई, गङ्गा सेम्बु रहेका छन ।

३ बर्ष अघि शिबसताक्षी–८ डुडामारीमा स्थापना बएको सस्थाले निर्बाहमुखी कृषि प्रणालीलाई ब्यबस्थित गरि आधुनिक प्रणालीबाट कृषि क्षेत्रलाई बिकास गर्नको लागी सस्था सन्चालनमा ल्यएको अध्यक्ष सेर्माले बताए ।

शिबसताक्षी–८ नम्बर वडा सद्स्य सीता रोक्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष सेर्माले ३२ लाख ९४ हजार चुक्ता पूंजी, कर्जा लगानी २८ लाख पचास हजार गरेको छ भने वासालात ३७ लाख २३ हजर ९६ रुपैया रहेको बार्षिक प्रतिबेदन प्रस्तुत गरे ।

त्यसैगरि, अध्यक्ष सेर्माले आउदो अर्थिक बर्ष ०७७।०७८ मा कृषि मलको बिक्रि बितरण गर्ने, कृषि बिउ–बिजनको बिक्रि बितरण गर्ने ,आधुनिक कृषि खेतिको सुरुवात गर्ने र आधुनिक कृषि औजार प्रयोगमा ल्याउने बर्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

आजै जसकुमर तामाङ्गको सम्योजकमा ३ सदस्य लेखा समिती चयन गरेको छ भने दलकुमार सेर्माको सम्योजकमा सल्लाहकार समिती समेत चयन गरेको छ । कार्यक्रम सन्चालन सचिब सन्दिप सेर्माले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *