झिलझिले, २३ फागुन–झिलझिलेस्थित सतासीधाम सामुदायिक वनको आगामी ३ वर्षे कार्यकालका लागि हेमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

झिलझिले माध्यमिक विद्यालयको सभाहलमा भएको निर्वाचनमा १५ मतको अन्तरले संस्थापकसहित ४ पटक अध्यक्ष भएका जगतवहादुर श्रेष्ठ (गोपाल) लाई थापाले पराजित गरेका हुन् । थापा यसअघि उपाध्यक्ष थिए ।

थापाले ३१३ र श्रेष्ठले २९८ मत पाएको निर्वाचन अधिकृत ज्ञानेन्द्रवहादुर न्यौपानेले बताए । न्यौपानेका अनुसार ७४८ मत खसेकोमा १३७ मत बदर भएको थियो ।

अध्यक्ष पदमा निर्वाचित भएपछि थापाले निर्वाचनबाट आफू मात्र नभएर सतासीधााम सामुदायिक बनका आम उपभोक्ताले बिजयी हासिल गरेको बताए ।

‘निर्वाचन त प्रक्रिया मात्र हो । सामुदायिक बनका संस्थापक अध्यक्ष जगतवहादुर श्रेष्ठसंग हातेमालो गर्दे बनको रक्षाका लागि सामूहिकरुपमा अघि बढ्ने छौं,’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *