बिर्तामोड, २४ फागुन–प्रेस सङ्गठन नेपाल झापा जिल्ला कमिटी विस्तार गरिएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्लास्तरिय भेलाले ३५ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको हो । भेलाले संगठनका जिल्ला अध्यक्ष सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय समेत गठन गरेको छ ।
सचिवालयको सदस्यमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन र किशोर उपरकोटी रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा प्रदेश सदस्य तथा प्रदेश सांसद झलकसिंह दलार्मी, नेकपा झापा अध्यक्ष वेदराज रेग्मी, नेपाल पत्रकार महासंघ १ नं प्रदेश महासचिव विवेक गौतम, अग्रज पत्रकार लीला बराल, संङ्गठनका १ नं प्रदेश इन्चार्ज राजन केडी, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, संङ्गठनका प्रदेश १ सदस्य राजु अधिकारी, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं प्रदेश इन्चार्ज दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झापाको जिल्ला कमिटी घोषणा संगठनका प्रदेश १ का सह–इन्चार्ज तिर्थ सिग्देले गरेको कार्यक्रममा सपथ ग्रहण सङ्गठन १ नं प्रदेश संयोजक देवेन्द्र कार्कीले गराएका थिए ।
सङ्गठन झापा सह–संयोजक झुलन रेग्मीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।
अतिथिलाई स्वागत तथा सत्कार सङ्गठन झापा सह–संयोजक अनिलदेव राईले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा झापा सचिव मणिकुमार साम्पाङ, संङ्गठन १ नं प्रदेश सह-संयोजक मुक्ति पौडेल, संङ्गठन १ नं प्रदेश सचिव सुजन तिम्सिना, नेकपा प्रदेश १ सदस्य ज्योतीसिंह दलार्मी, सङ्गठनका केन्द्रिय सदस्य विमल लामिछाने, दयाराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।
