दमक, २४ फागुन–कोरोना भाइरस महामारीका समयमा पनि विरामीहरुको रगत परीक्षण कार्यमा दत्तचित्तभई सेवा पुरयाँएको भन्दै झापा, गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत प्रयोगशालाकी प्राविधिक सुमित्रा गुरुङ सम्मानित भएकी छिन् ।
१११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसका अवसर पारेर दमक जेसीजले आज यहाँ एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । उक्त सम्मान पत्र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले हस्तान्तरण गरिन् ।
कोभिड महामारीले आक्रान्त बनाएको अवस्थामा उनले अग्रभागमा अहोरात्र खटेर पिसिआर नमुना संकलकका रुपमा काम गरेकीले उनको उक्त योगदानलाई कदर गरि थप हौसल्ला प्रदान गर्न सो सम्मान प्रदान गरिएको अध्यक्ष सुयोग खरेलले वताए ।
सम्मान हस्तान्तरण कार्यक्रममा दमक जेसीजका पदाधिकारी,पूर्वअध्यक्ष,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक मधु गुप्ताले वताईन् ।
