गोविन ल्वागुन झिलझिले, २४ फागुन–झापाको शिबसताक्षी ७ बालसेवा आधारभुत बिद्यालयले आफनो ४७औं बार्षिकउत्सवको अवसरमा अक्षयकोषका छात्रवृत्ति बितरण गरेको छ । बिध्यालयको प्रङ्गणमा आयोजित कार्यक्रममा छात्रवृत्ति बितरण गर्नुका साथै बिभित सास्कृतिक कार्यक्रम गरि सम्पन्न गरेको छ ।
गत बर्ष स्थापना भएको स्वर्गीय सुजना सेर्मा स्मृती छात्रवृत्ति अक्षयकोषबाट बिपन्न तथा जेहेनदार ८ जना बिद्यर्थीहरुले जनही २ हजार रुपैया र प्रमण पत्र प्राप्त गरका छन् ।
छात्रवृत्ति पाउनेमा क्रमश एनि राई, सोनिया बम्रेल, एस्तर पुरी, अतिथी राई, तारा बिश्ट, स्मृती शेर्मा, सुस्मिता खड्का र रेवती दहाल रहेका छन । स्वर्गीय सुजनाका बुबा भुवनी प्रसाद सेर्मा र आमा अम्बिका सेर्माले नगद रुपैया अतिथिहरुबाट प्रमाण-पत्र बितरण गरिएको थियो ।
त्यसैगरी, धनबर्ण हङ्समाया आङ्देम्बे चेम्जोङ छात्रवृत्ति अक्षयकोषबाट सन्तोस लावती, दिया देवान, राजकुमर राई, मनिका निरौला र कटृना भन्डारीलाई अक्षकोषदाता जितेन्द्रराज चेम्जोङ्ग्ले जनही १ हजार रुपैया र प्रमणपत्र र बितरण गरे । शिक्षाको उज्यालो घामबाट कोहि पनि बिध्यार्थी बन्चित हुन नपरोस भनी आफ्ना दिवङ्गत परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेको अक्षयकोष दाताहरुले बतएका छन ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख चन्द्रकुमार सेर्माले नगरलाई शिक्षित र समृद्धि बनाउन शिक्षाको क्षेत्रमा धेरै बजेट बिनियोजन गरेको र आगमी बर्षमा पनि गर्दै जाने बताए । उनले बालसेवा आधरभुत बिध्यलयमा तल्लो कक्षामा शिक्षकको आवश्यक रहेकोले दरबन्दीको लागि पहल गर्ने बताए । आफू पनि यस बिध्यालयको पुर्ब बिध्यार्थी रहेकोले यहाको शैक्षिक गुणस्तरको लागि सदैब सहयोग रहने बताए ।
सोही अवसरमा गत बर्ष उत्कृष्ट अङ्क प्रप्त गरि उतिर्ण हुने कक्षा १ देखि कक्षा ७ सम्मका बिद्यार्थीहरुले पुरस्कृत गरिएको शिक्षक मुकेश यादबले बताए ।
प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बिध्यलयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा शिक्षक महासंघ झापा जिल्ला सहअध्यक्ष छबिलाल दवाडी ,शिक्षक महासंघ शिबसताक्षीका सचिब गोबिन्द कफ्ले, भानु माध्यमिक बिद्यालयका प्रधानध्यापक डामकुमार कुवरको सहभगिता रहेको कार्यक्रमको अध्यक्षता निवर्तमान बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र चेम्जोङको रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक सन्तोष खत्रीले गरेका थिए ।
