झिलझिले, २५ फागुन–झापा शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियागितामा वडा नं २ फाइनलमा प्रवेश गरेको छ । वडा नं ७ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नं २ फाइनलमा प्रवेश गरेको हो ।

खेलका ८ औं मिनेटमा वडा नं २ का क्याप्टेन जर्सी नं १० का संजिव बुढाथोकीले पहिलो गोल गरेका थिए । २१ औं मिनेटमा क्याप्टेन बुढाथोकीले थप गोल गर्दै खेललाई दुई गोलले अग्रता दिलाए ।

त्यसैगरी, खेलको ३२ औं मिनेटमा वडा नं ७ का तर्फबाट जर्सी नं २८ पारस माझी गोल गर्दै आफ्नो टिमबाट खाता खोलेका थिए ।

खेलको ३६ औं मिनेटमा वडा नं २ का सागर आलेले एक गोल र ५९ मिनेटमा जर्सी नं १० का टिम क्याप्टेन संजिव बुढाथोकीले हेट्रिक गरी आफ्नो टिमको तर्फबाट चौथो गोल गरे ।

त्यसैगरी खेलको ६८ औं मिनेटमा वडा नं ७ का तर्फबाट मंजिल माझीले एक गोल थप गरी आफ्नो टिपबाट दोस्रो गोल गरे ।

खेलको म्यान अफ दी म्याच वडा नं २ का क्याप्टेन संजिव बुढाथोकी घोषित भए ।

खेलको विजेता ७५ हजार पाउने छ भने उप विजेता ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने छन् ।

भोली बुधबार वडा नं ४ र १० बीच सेमी फाइनल खेल हुने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *