काठमाडौं, २६ फागुन–प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपा सांसदहरुले विरोध गरेपछि बैठक अबरुद्ध भएको थियो ।

यसैबीच, आजदेखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवादी केन्द्रका सांसदका लागि छुट्टाछुट्टै बस्ने स्थान तय गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *