काठमाडौं, २६ फागुन–सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई दिएपछि र एमाले माओवादी ब्युँत्यादिएपछि प्रचण्ड समूहबाट पुनः एमालेमा फर्किएका माधव नेपाल समूहले आज काठमाडौंको एक होटलमा गुट भेला गरेको छ। भेलामा नेपाल समूहका नेताहरूले सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने बताएका छन्।

यो समूहका केन्द्रीय कमिटीका नेताहरूले अहिलेको वामपन्थीको सरकार जोगाउनुपर्ने र विस्तारै विकल्प खोज्दै जाने बताएका छन्।

बैठक सकेर बाहिरएका रघुजी पन्तले पत्रकारहरूसँग भने, ‘साथीहरूको सुझाव वामपन्थी सरकार जोगाउनुपर्छ भन्ने छ। पार्टी फेरि पनि दुई वटा भएको छ, तत्काल एकता सम्भव होला–नहोला वामपन्थीहरूको मोर्चा भए पनि बनाएर सरकार जोगाउनुपर्छ।’

उनले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको हैसियतमा एमालेले फेरि पनि वाम एकताको नेतृत्व लिनुपर्ने अवस्था आएको बताए। अब कसरी एकताबद्ध हुने भन्ने जिम्मा पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी पार्टी अध्यक्ष केपी शर्मा ओलीकै काँधमा रहेको यो समूहले बताएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *