दमक, २७ फागुन–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मोरङको उर्लाबारीमा आजदेखी सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले महाशिबरात्री पर्वको अवसर पारेर आज बिहिबार बिहान एक कार्यक्रमबीच सेवा केन्द्रको सञ्चालनमा ल्याएको हो ।

यसअघि, स्वर्णलक्ष्मीले झापाको शिबसताक्षी–८ झिलझिलेमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । आजदेखी सञ्चालनमा आएको उर्लाबारीस्थित सेवा केन्द्र मार्फत उर्लाबारी नगरपालिकासँगै छिमेकी गाउँ र बजारसहित रतुवामाई र मधुमल्ला क्षेत्रका सदस्यहरुलाई सेवा प्रदान गरिने भएको छ ।

दमकस्थित संस्थाको मुख्य कार्यालयका व्यवस्थापक कमल घिमिरेका अनुसार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले यसै आर्थिक बर्षभित्रमा गौरादहमा सेवा केन्द्र सञ्चालन गरिने छ । त्यस्तै, आगामी आर्थिक बर्षमा कनकाई नगरपालिकाको सुरुङ्गा, बिर्तामोड र मोरङको पथरीशनिश्चरेमा सेवा केन्द्र स्थापना गर्ने लक्ष्यसहित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा सञ्चालन गरिरहेको दमकस्थित संस्थाको कार्यालयका मुख्य व्यवस्थापक घिमिरेले बताउनुभयो ।

सेवा केन्द्र समुद्घाटनमा संस्थाका सञ्चालक समिति अध्यक्ष रबि न्यौपाने, सचिव बुद्धिसागर बराल, कोषाध्यक्ष जमुना अधिकारी, सदस्य प्रेम कुमारी रिजाल (पुनम), मुख्य व्यवस्थापक कमल प्रसाद घिमिरे, सहायक व्यवस्थापक ध्रुब अधिकारी, उर्लाबारी सेवा केन्द्र व्यवस्थापक दुर्गा गुरागाई, झिलझिले सेवा केन्द्रका व्यवस्थापक शुसिल गौडतौला, लेखा समिति संयोजक शिबप्रसाद अधिकारी, ऋण उपसमिति सदस्य शषीराज बिष्ट लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *