दमक, २८ फागुन–झापाको दुधेमा सञ्चालित शिवसताक्षी मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं १० ले हात पारेको छ । उसले वडा नं २ लाई ४–० गोल अन्तरलाई हराउँदै उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको १८ मिनेटमा वडा नं १० का खेलाडी पवन राईले गोल गर्दै खेललाई १–० को अन्तर बनाए । पहिलो हाफकै इन्जुरी समयमा रुपेस लिम्बुले थप एक गोल गर्ने सफल भए । खेलमा वडा नं १० ले वडा नं। २ लाई दवावमा राखेर खेलेको थियो ।

त्यसैगरी, दोस्रो हाफको ११ औं मिनेटमा पुनः पवन राईले एक गोल र ३९ मिनेटमा रुपेश लिम्बुले एक गोल थप गरी खेलमा ४–० फाकिलो अन्तर बनाउन सफल भए ।

प्रतियोगिताको उपाधि विजेता वडा न १० ले नगद ७५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे भने उपविजोता वडा नं २ ले नगद ४१ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

खेलको म्यान अफ दी म्याच वडा नं २ का जर्सी नं ५ देवान सोरेन घाषित भए । त्यस्तै प्रतियोगिताको वेष्ट स्ट्राइकर वडा नं २ का सागर महते, वेष्ट फिडेन्टर वडा नं १० का टेकेन राना मगर, वेष्ट मिडफिल्डर वडा नं ७ का हेमन्त तुम्बापो घोषित भए ।

त्यसैगरी, प्ले अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ता वडा नं १० का पनव राई, वेष्ट गोल किप्पर वडा नं १० का संदिप राई घोषित भए । उनीहरुलाई नगद सहित ट्रफी, प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता गएको १७ गतेबाट नगरस्तरीय दूधे रंगाशालामा सञ्चालन गरिएको थियो भने खेलमा नगरको भेट्रान सहित १२ ओटा टिमले सहभागीता जनाएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *