काठमाडौं, २९ फागुन–नेकपा माओवादी केन्द्रले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि आज (शनिबार) विहानै स्थायी कमिटी वैठक बोलाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न वैठक बोलाएका हुन् ।

अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायतका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन अन्तिम पटक आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी अगाडि बढाएको छ ।

शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन् । अहिले संसदको अंक गणितमा नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकै दिन आफू पक्षीय दुई केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत पूर्व माओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *