काठमाडौं, २९ फागुन–प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विधिविधान मिचेर एकलौटी रुपमा अघि बढ्न थालेपछि आक्रोशित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पनि समानन्तर कमिटीको अभ्यास थालेका छन् ।

एमाले अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि नेपाल–खनाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेका छन् ।

जसअनुसार प्रदेश-१ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश-२ को घनश्याम भुसाललाई, प्रदेश-३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश-४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश–७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवि विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

अहिले नेपाल समूहको केन्द्रीय कमिटी वैठक बसिरहेको छ । शनिबार दिउँसो शंखमूलस्थित ए वान क्याफेमा केन्द्रीय कमिटीको बैठक शुरु भएको नेता विष्णु रिजालले जानकारी दिएका छन् । उनले प्रधानमन्त्री एवं अध्यक्षको शुक्रबारको कदमबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

‘बैठक जारी छ, समसामयिक विषय र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ’, नेता रिजालले भने । एमाले अध्यक्ष ओलीले शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई खबरै नगरी पार्टी पदाधिकारी खारेज गर्नुका साथै महाधिवेशनको मिति घोषणा गर्ने निर्णयलगायतका निर्णय गराएका थिए ।

बैठकमा शुक्रबार अध्यक्ष ओलीले गरेका निर्णयविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयबारे छलफल हुने जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *