जाजरकोट, २९ फागुन–कोरोना विरुद्धको खोप लगाएका एक बृद्धको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८ वण्डालाका ७० वर्षीय तीलकबहादुर बोहोराको उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको हो।

जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा लगिएका बोहोराको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले जानकारी दिए।

पुनका अनुसार बोहोराको केहीबेर अघि मृत्यु भएको हो। बोहोराले फागुन २४ गते खोप लगाएको बुझिएको छ। खोप लगाएपछि उनी बिरामी परेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *