दमक, २९ फागुन–झापाको दमक नगरपालिकाले कोरोना महामारी वेला भएका खर्चको हिसाव सार्वजनिक गरेको छ । नगरपालिकाको आठौ नगरसभाबाट नगरपालिकाले कोरोना रोकथाम तथा उपचारका लागि भएका आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको नगर उपप्रमुख गीता अधिकारीले वताईन् ।
उनका अनुसार कोरोना रोकथामका लागि नगरपालिकाले गठन गरेको विपद कोषमा रु १ करोड ३० लाख ५७ हजार ४२ जम्मा भएको मध्ये त्यसै अवधिमा रु १ करोड ८० लाख ७० हजार १११ खर्च भएको देखिएको छ । आम्दानीको तुलनामा खर्च रु ५० लाख १३ हजार ६८ बढी भएको सार्वजनिक विवरणमा उल्लेख छ ।
जसअनुसार सवैभन्दा धेरै खर्चको शीर्षक चाहि तलव ,भत्ता नै रहेको छ । तलव,भत्तामा मात्र रु ५६ लाख १५ हजार २१० रहेको उल्लेख छ । यो खर्च कोभिडको जोखिमका समयमा अग्रभागमा रहेका काम गर्ने चिकित्सक,स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक तथा अन्य सर सफाइकर्मीहरुलाई उपलव्ध गराईएको नगर उपप्रमुख समेत रहेकी प्रवक्ता अधिकारीले जानकारी दिईन् ।
उक्त विपद कोषमा मौज्जात रु ५ लाख ५५ हजार २३०, नगरपालिकाबाट थप रु १ करोड ४ लाख ६१ हजार ८ सय ११, प्रदेश सरकारवाट रु १५ लाख, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुवाट रु ५ लाख ४० हजार सहयोग रकम प्राप्त भएको थियो ।
यसैवीच नगरपालिकामा अहिले कोरोना संक्रमितको संख्या शून्य रहेको छ । यो अवधिमा दमकमा ४ हजार ८७० जनाको स्वाव परीक्षण गरिएका मध्ये १ हजार १८७ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ३५ जनाको मृत्युभएको र अन्य सवै संक्रमित कोरोना मुक्त भईसकेको नगरपालिकाको प्रतिवेदनमा जनाईएको छ ।
