काठमाण्डौं, १ चैत्र–पोर्चुगिज फूटबल स्टार क्रिष्टियानो रोनाल्डोले हाल आवद्ध क्लब युभेन्टस्‌ छाड्नसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले दाबी गरेका छन्।

मिडिया रिपोर्ट अनुसार युभेन्टस्‌ले युइएफए च्याम्पियन्स लिगमा रोनाल्डोको खराब प्रदर्शनपछि ट्रान्सफर विन्डोमा रिलिज गर्ने सोच अघि सारेको छ। जसका लागि युभेन्टस्‌ले ट्रान्सफर फि पनि तय गरेको दाबी पनि गरिएको छ। रिपोर्ट अनुसार युभेन्टस्‌ स्टार रोनाल्डोको मूल्य २५२ करोड रुपैयाँ तोकिएको छ।

च्याम्पियन्स लिग जित्नका लागि युभेन्टस्‌

सन्‌ २०१८ मा ​रोनाल्डो युभेन्टस्‌मा आवद्ध भएका थिए। त्यसयता उनी क्लबका उत्कृष्ट खेलाडी रहँदै आएका छन्।

अहिलेसम्म क्लबमा उनले १२१ खेलमा ९२ गोल गरेका छन्। २२ वटा गोलमा असिस्ट गरेका छन्।

युभेन्टस्‌ले च्याम्पियन्स लिग जित्नका लागि रोनाल्डोसँग सम्झौता गरेको बताएको थियो।

लगातार ३ वर्ष क्वाटरफाइनलमै सीमित

रोनाल्डो आएपछि च्याम्पियन्स लिग जित्न उत्साही बनेको युभेन्टस्‌ च्याम्पियन्स लिगमा लगातार पछिल्ला तीन सिजन नकआउट चरणबाटै बाहिरियो।

सन्‌ २०१८ अघि ४ वर्षमा युभेन्टस्‌ २ पटक फाइनलमा पुग्न सफल भएको थियो।

युभेन्टस्‌मा आवद्ध भएपछि रोनाल्डो लगातार ३ वर्षसम्म लिगको क्वाटरफाइनलभन्दा अघि बढ्न सकेनन्‌।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *