काठमाडौैं, २ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका छन् ।

आज fप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी कार्यालय धुमबाराहीमा भएको छलफलमा नेता नेपालले कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखे पनि छलफल बिना निष्कर्ष सकिएको छ । बैठकपछि बाहिरिनेक्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले गएको फागुन २८ गते गरेको निर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने उनले बताएका थिए । ‘२८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा लैजाऔं । त्यसपछि सिङ्गो अवस्थामा बसेर छलफल गरौं । कार्यदल पनि बनाउन सकिन्छ’, छलफलमा राखेको विषयबारे उनले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले ओलीले फागुन २८ गते एकपक्षीयरुपमा राखेको बैठक र त्यसले गरेका निर्णयबारे आफूहरुबीच कुरा नमिलेको बताए । ‘हामीहरुले सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ववत् एमालेको जुन पुरानो अवस्था हो, त्यहिअनुसारको संरचना, पदाधिकारी र सदस्यहरु यथावत् स्वीकार्ने अवस्थामा जाउँ भन्यौं,’ नेपालले भने ।

‘अरु कुराभन्दा पनि फागुन २८ गतेको उहाँको जुन गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको नामाकरण गर्नु भएको छ, त्यसैमा कुरा मिलेन,’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *