काठमाडौं, ३ चैत–नेकपा–एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीको धम्कीबाट आफूहरु नडराउने बताएका छन् ।

उनले अध्यक्ष ओली स्वयम् चाहिँ गलत आधारमा उभिएको बताउँदै पार्टी विधान विपरीत गतिबिधि गर्ने अध्यक्ष पनि कारबाहीको भागिदार हुनु पर्दैन ? भन्दै प्रश्न गरेका छन् । अदालतले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले राखेका बैठक र त्यहाँबाट गरिएका निर्णय नै अवैधानिक भएको उनको भनाइ छ ।

पाण्डेले ओलाीलाई गलत आधारमा उभिएर पार्टी विधान विपरीत गतिबिधि गरिरहेको हुँदा पार्टी अध्यक्ष पनि कारबाहीको भागिदार हुने बताए । ‘गलत आधारमा खडा भएर कारबाहीको कुरा गरिएको छ, यसरी कार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता त्यसबाट तर्सिदैनन्,’ पाण्डेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *