काठमाडौँ, ३ चैत–राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरु सहभागी रहेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक आह्वान गरेकी हुन् ।
बैठकमा पूर्व प्रधानमन्त्रीत्रय झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने अनुपस्थित छन् ।
खनाल र नेपाल बुधबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने जनाउँदै बैठकमा सहभागी नभएको उनीहरुका सचिवालयले जनाएका छन् ।
