काठमाडौं, ४ चैत–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनपरी तन्त्र चलाउन नपाएपछि नयाँ जनादेशको कुरा गरेको बताएका छन्।
बाँकेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, हिजो राष्टपतिले बोलाएको संसदीय दलको बैठकमा गएका थियौँ। त्यहाँ प्रधानमन्त्री ओलीले नयाँ जनादेशको कुरा गर्नुभयो। उहाँको कुरा राष्टपति सकारात्मक भइन्।
प्रधानमन्त्री ओली र राष्टपतिको कुरामा आफूले प्रतिवाद गरेको सुनाए। आफ्नो मनपरीतन्त्र चलाउन पाइएन भनेर नयाँ जनादेश भन्नेरु उहाँहरुलाई मैले भने नयाँ जनादेश आएपछि अहिलेको जस्तो उपद्रो हुँदैन भन्ने के ग्यारेन्टी हुन सक्छरु
अदालतभन्दा जनता ठुलो हो भनेर जाने संविधान मिच्न नपाइने उनले बताए। ‘प्रधानमन्त्रीले संसद विघटन गर्दा हामीले निर्धक्कसँग हामीले आवाज उठायौँ। अदालतले पनि सुन्यौँ , उनले भने
कम्युनिस्ट पार्टीभित्रको विवादको बेलामा कांग्रेसले ओली सरकार ढाल्ने प्रस्ताव आउँदा निर्णय लिन नसकेर गल्ती गरेको उनले बताए। ‘मैले सभापति देउवालाई पनि भनेको थिएँ। तर, पार्टीले निर्णय लिन नसक्दा ठूलो अवसर मिस भयो,’ उनले भने।
उनले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।
